शनिबार, जेठ ५, २०८१

प्रभासकाे ‘सलार’ले ४०० करोड कमाउँदा शाहरुखको ‘डंकी’को कमाइ कति ?

मेरोन्यूज २०८० पुष ९ गते १२:०३

काठमाडौं । प्रभास अभिनित फिल्म ‘सलार’ले तेस्रो दिनमै ग्लोबल बक्स अफिसमा ४०० करोड भारुको व्यापार गरेको छ ।

Advertisement

दुई दिनमै करिब ३ सय करोड कलेक्सन गरेको फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत शुक्रबार रिलिज भएको ‘सलार’ले तेस्रो दिन भारतीय बक्स अफिसमा मात्र ६१ करोड भारु कमाएको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४८.२७ प्रतिशत थियो ।

अर्कोतर्फ गत विहीबार रिलिज भएको शाहरुख खानको ‘डंकी’ले चौथो दिन भारतीय बक्स अफिसमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ । योसँगै फिल्मको भारतमा मात्र कुल १०६ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ ।

विश्वव्यापी कलेक्शनको कुरा गर्दा डंकीले पहिलो दिन ५८ करोड र दोस्रो दिन ४५.४ करोड भारु कमाएको थियो । यस्तै तेस्रो दिन फिल्मको कमाइ ५४.२२ करोड रुपैयाँ रहेको छ । जस अनुसार फिल्मले तीन दिनमा विश्वभर १५७.२२ करोड कमाएको छ । फिल्मको चौथो दिन अर्थात आइतवारको विश्वव्यापी संकलनको विवरण भने हालसम्म खुलाइएको छैन ।

प्रतिक्रिया