शनिबार, जेठ ५, २०८१

प्रभासकाे ‘सलार’ले दुई दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० पुष ८ गते १६:४९

काठमाडौं । साउथ सुपरस्टार प्रभास अभिनित ‘सलार’ ले रिलिजको दोस्रो दिन पनि बक्स अफिसमा आफ्नो आकर्षण कायम राखेको छ ।

Advertisement

फिल्मले दास्रो दिन विश्वभरबाट ११७ करोड भारुको कलेक्शन गरेको छ । ‘सलार’ले यसदिन भारतमा मात्र ५६ करोड ३५ लाख भारुको व्यापार गरेको छ ।

पहिलो दिन विश्वभर १७८.७ करोड रुपैयाँ भारुको कमाइ गरेको ‘सलार’ भारतमा यस वर्षकै सर्वाधिक ठुलो ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो दिन भारतीय बक्स अफिसमा मात्र फिल्मले ९० करोड ७० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

योसँगै सालारको दुई दिनकाे कुल बक्स अफिस कलेक्शन २९५.७ करोड रुपैयाँ भारु पुगेको छ । फिल्मको भारतमा मात्रै कलेक्शन १४७ करोड ५ लाख पुगेको छ ।

प्रतिक्रिया