शनिबार, जेठ ५, २०८१

पोखरा स्ट्रिट फेस्टिवलमा स्थानीय खानाको प्रवद्र्धन

मेरोन्यूज २०८० पुष ७ गते १९:४८

काठमाडौँ । नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिवल’ हुने भएको छ ।

Advertisement

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थापन र नोस्टाल्जिक थ्री फुड कोर्टको रुपमा फेस्टिवलमा सहभागि हुदै छन् । आगामी डिसेम्बर २८ देखि जनवरी १ तारिसम्म हुने फेस्टिवलमा स्थानीय उत्पादनको प्रवद्र्धनका गरिने छ ।

पाँच दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछ ।

पोखरा स्ट्रिट फेस्टिवल स्थानीय र पर्यटकहरूका लागि एकै साथ अविस्मरणीय अनुभव प्राप्न हुने आयोजकले जनाएको छ ।
स्ट्रिट फेस्टिवलको समयमा, पोखरा सहर थप मनोरञ्जनात्मक वातावरणको साथ जीवन्त हुन्छ र देशभरबाट हजारौँ आगन्तुकहरूलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

फेस्टिभलको प्रमुख आयोजक रेबानले नेपालको सांस्कृतिक सम्पदालाई प्रदर्शन गर्दै स्थानीय रेस्टुरेन्ट र बार उद्योगलाई प्रवद्र्धधन गर्ने लक्ष्य राखेको छ ।
व्यवस्थापनको जिम्मा लिएको एडसाथीले कार्यक्रमलाई सहजतापूर्ण सफल पार्ने संकल्प लिएको छ ।

फूड कोर्ट साझेदारको रूपमा रहेको नोस्टास्जिक थ्रीले परम्परागत नेपाली परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको अनुभव दिने छ । उक्त फेस्टिवलमा ३० प्रकार स्थानीय खाना राखिएको छ ।

पोखरा स्ट्रिट फेस्टिभलमा प्रख्यात कलाकारहरूबाट लाइभ संगीत प्रदर्शन, नेपालमा विभिन्न प्रकार खाना प्रर्दशनी तथा स्वाद लिने पाइने, परम्परागत नृत्य, सांस्कृतिक कार्यक्रम र सडक थिएटरहरू राखिएको नोस्टाल्जिक थ्रीका इडा रिजालले जानकारी दिइन ।

साथै नोस्टाल्जिक थ्रीले रमाइलोका लागि वियर सल्किङ्ग, टिकट्यागटो र अन्य थुप्रै खेलहरु समेत फेस्टिवलमा देखाइने छ ।
फेस पेन्टिङदेखि जोयराइड्ससम्म हुने पोखरा स्ट्रिट फेस्टिभलमा हरेक पल नयाँ अनुभव जस्तै हुनेछ ।

कार्यक्रमले मनोरञ्जन मात्र नभई स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र दिगो सम्झनाहरू सिर्जना गर्ने बताइएको छ । उक्त फेस्टिबलमा सेफ नेपालको टोली र सेफ सन्तोष शाह पनि उपस्थित हुने छन् ।

प्रतिक्रिया