शनिबार, जेठ ५, २०८१

शाहरुख खानको ‘डंकी’ले २ दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० पुष ७ गते ७:४७

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ले पहिलो दिन ३० करोड भारुको ओपनिङ गर्‍याे। बिहीबार रिलिज भएको फिल्मले अपेक्षा अनुरुपको कमाइ भने गर्न सकेन ।

Advertisement

शाहरुखका अघिल्लो फिल्मको रेकर्ड हेर्दा यसलाई कमजोर सुरुवात मान्न सकिन्छ । यसअघि पठान र जवान दुवै फिल्मले बम्पर ओपनिङ गरेका थिए ।

जवानले पहिलो दिन भारतीय बक्स अफिसमा ७५ करोड भारु कमाएको थियो । यस्तै पठानले पहिलो दिन ५७ करोड भारु कमाएको थियो ।

‘डंकी’ले दाेस्राे दिन पनि खास कमाइ गर्न सकेन । फिल्मले करिब २० कराेड भारुकाे मात्र संकलन गर्न सकेकाे बताइएकाे छ ।

कमजोर ओपनिङ गरेपनि फिल्मले दाेस्राेदिनबाट राम्राे कमाइ गर्ने अनुमान गरिएकाे थियाे । तर दास्राेदिन सङ्कलनमा थप गिरावट देखिएकाे हाे ।

प्रतिक्रिया