शनिबार, जेठ ५, २०८१

५६ वर्षमा दाेस्राे विवाह गर्दै अरबाज खान, को हुन् प्रेमिका ?

मेरोन्यूज २०८० पुष ६ गते १४:००

काठमाडौं । बलिउड अभिनेता तथा निर्माता अरबाज खान दोस्रो विवाह गर्न लागेका छन् ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार ५६ वर्षीय खानले यही डिसेम्बर २४ मा परिवार र नजिकका केही साथीहरूको उपस्थितिमा विवाह गर्न लागका हुन् ।

अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्न लागको उनको पारिवारिक स्रोतले जनाएको छ ।

शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाकी व्यक्तिगत मेकअप आर्टिस्ट हुन्। उनको ‘पटना शुक्ला’ फिल्मको सेटमा अरबाजसँग भेट भयो । दुवै एकअर्कालाई लिएर गम्भीर छन् र अब छिट्टै विवाह गर्न चाहन्छन्।

अरबाजको हालसालै जर्जियासँग ब्रेकअप भएको थियो ।अहिलेसम्म
उनी मोडल जर्जिया एन्ड्रियानीलाई डेट गर्दै थिए । तर, ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही समयअघि उनीहरुको ब्रेकअप भएको थियो । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन्।

सन् १९९८ मा अरबाजले मोडल–अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । अरबाज र मलाइकाको २१ वर्षको छोरा अरहान खान छन् ।

हाल मलाइका फिल्म निर्माता बोनी कपूरका छोरा तथा अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।

प्रतिक्रिया