शनिबार, जेठ ५, २०८१

 २५ औं पोखरा सडक महोत्सव पुस १२ गतेदेखि सुरु

मेरोन्यूज २०८० पुष ६ गते १०:३६

 पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरु हुने भएकाे छ। महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ।

Advertisement

फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले जानकारी गराएको हाे ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव हरेक वर्ष आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् । साथै महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ । 

यस वर्ष रजत महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताइएकाे छ ।

प्रतिक्रिया