शुक्रबार, जेठ ४, २०८१

एक साता लगातार बढेको सेयर बजार आज ३२ अंकले घट्यो

मेरोन्यूज २०८० पुष ५ गते १५:४१

काठमाडौं । लगातार सात दिन बढेको सेयर बजार आज दोहोरो अंकको करेक्सन भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको हो ।

Advertisement

बिहीबार ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया