शुक्रबार, जेठ ४, २०८१

एचआईडीसीएलले ५.२६ प्रतिशत लाभांश दिने

मेरोन्यूज २०८० पुष ५ गते ११:०६

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)काे सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

Advertisement

बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने जनाएको छ ।

यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।

प्रतिक्रिया