शनिबार, जेठ ५, २०८१

बीजेपीबाट लोकसभा चुनाव लड्दै कंगना रनौत

मेरोन्यूज २०८० पुष ४ गते १८:०९

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आगामी लोकसभा चुनावमा भाजपाबाट चुनाव लड्ने भएकी छिन् । उनका पिता अमरदीप रनोटले यसबारे जानकारी दिएका हुन् ।

Advertisement

उनको चुनाव क्षेत्रबारे पार्टीले निर्णय गर्ने बताइएको छ ।

केही दिनअघि गुजरातको द्वारकामा मिडियासँग कुरा गर्दै कंगनाले भगवानले आशीर्वाद दिएमा आफू अवश्य चुनाव लड्ने बताएकी थिइन् । उनको यो अन्तर्वार्तालगत्तै उनी राजनीतिमा आउन लागेको चर्चा चलेको थियो ।

कंगनाले दुई दिनअघि मात्र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेट गरेकी थिइन् ।

प्रतिक्रिया