शुक्रबार, जेठ ४, २०८१

सुनको भाउ बढ्याे, मंगलबार कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० पुष ३ गते ११:४९

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले महंगिएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । मंगलबार चाँदी ५ रुपैयाँले सस्तिएर प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया