शुक्रबार, जेठ ४, २०८१

तत्काल मन्त्रीमण्डल फेरबदल हुँदैन : सञ्चारमन्त्री शर्मा

मेरोन्यूज २०८० पुष १ गते १९:१५

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन गर्न सकिने बताएकी छन् ।

Advertisement

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पारिन् । उनले सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताइन् ।

सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको उनको भनाइ छ ।

प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया