शुक्रबार, जेठ ४, २०८१

सङ्कल्प यात्रा सकेर काठमाडौं फर्किए ओली

मेरोन्यूज २०८० पुष १ गते १७:४०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएका छन् ।

Advertisement

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा रहेका अध्यक्ष ओली श्रीमती राधिका शाक्य सहित ९ सदस्य टोली आइतबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राका क्रममा ओली मसिर १३ गते देखि काठमाडौं आएका थिएनन् ।

आज झुलाघाट-चिवाभन्ज्याङमा अभियान सकाएर उनी काठमाडौं आएका हुन् ।

प्रतिक्रिया