शुक्रबार, जेठ ४, २०८१

एनसेलविरुद्ध अमरेशको रिट ‘स्थगित’ सूचीमा

मेरोन्यूज २०८० पुष १ गते १२:१९

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ ।

Advertisement

आइतबार सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो ।

सांसद सिंहले दर्ता गरेको रिटमाथिको यो छैटौं पेशी हो । यसअघि पाँच पटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको थिएन ।

सांसद सिंहले ऐनसेलको शेयर किनबेच प्रक्रिया तत्काल रोक्न र कानूनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग गरेर गएको मंसिर २२ गते रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया