शुक्रबार, जेठ ४, २०८१

आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० पुष १ गते ११:०९

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन चाँदीको भाउ घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

महासंघका अनुसार तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया