बिहीबार, वैशाख २०, २०८१

ताेलामा ३ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० मंसिर २७ गते ११:३२

काठमाडौं । नेपाली बजारमा बुधबार सूनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया