बिहीबार, वैशाख २०, २०८१

हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्यो

मेरोन्यूज २०८० मंसिर २७ गते १०:०३

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागी आइपीओ खुल्ला गरेको छ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज मंसिर (२७) गते देखी खुल्ला गरेको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो।

अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ।

यसको लागि कम्तिमा २ हजार ६० रूपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ। नत्र आवेदन रद्द हुन्छ। यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

प्रतिक्रिया