शनिबार, जेठ ५, २०८१

बैतडीमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

मेरोन्यूज २०८० मंसिर २६ गते १८:३४

कैलाली । बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ ।

Advertisement

मंगलबार दिउँसो सुर्नया गाउँपालिका–३ बिजुल गाउँकी ५७ वर्षीया हरिना विष्टको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

स्थानीय ३२ वर्षीय तेजबहादुर चन्दले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले तेजबहादुरलाई मंगलबार दिउँसो नै पक्राउ गरेको छ ।

चन्दले महिलाको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया