शनिबार, जेठ ५, २०८१

थुनामुक्त गराइदिने भन्दै १ कराेड ठगी गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०८० मंसिर २६ गते १८:०३

काठमाडौँ । मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा गएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थायी घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिने भनी पटक–पटक गरी सो रकम लिएका स्थायी घर भोजपुर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई पक्राउ गरिएको छ ।

थुनामा खड्कालाई आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ गरिएको थियो । उनीहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया