बिहीबार, वैशाख २०, २०८१

सेयर बजारमा ३६ अंककाे वृद्धि, ४ अर्बमाथिको कारोबार

मेरोन्यूज २०८० मंसिर २६ गते १५:३४

काठमाडौं । सोमबार घटेको सेयर बजारमा आज भने हरियाली छाएको छ ।

मंगलबार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १,९८५ दशलमव ४४ को विन्दुमा पुगेको हो। आज २१४ कम्पनीको शेयर मुल्य बढेको छ भने २४ कम्पनीको शेयर मुल्य घटेको छ ।

मंगलबार सबै उपसूचक बढेका छन् । आज २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोडमाथिको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाए ।

प्रतिक्रिया