शनिबार, जेठ ५, २०८१

देशका पहाडी भू-भागमा वर्षाको सम्भावना,तराईमा हुस्सु र कुहिरो

मेरोन्यूज २०८० मंसिर २६ गते ६:३८

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Advertisement

जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ, भने देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना देखिए सँगै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना तथा पहाडी भू–भागका कुनै कुनै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया