शनिबार, जेठ ५, २०८१

नातेदारले मात्रै अंगदान गर्न पाउने व्यवस्था खारेजको माग गर्दै सर्वोच्चमा रिट

मेरोन्यूज २०८० मंसिर २५ गते १३:३९

काठमाडौं । नातेदारले मात्रै अंगदान गर्न पाउने व्यवस्थाको खारेज हुनु पर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

Advertisement

नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

खेमबहादुर छन्त्याल र कानुनका विद्यार्थीहरु डेविड चौधरी र ओस्निक पौडेलले निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उनीहरुले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन् ।

उनीहरुको निवेदनमाथि २९ मंसिरमा सुनुवाइ हुने गरी पालो तोकिएको छ ।

प्रतिक्रिया