शुक्रबार, फागुन १८, २०८०

सिरहामा आगलागी हुँदा करिब ६ लाखकाे धनमाल जलेर नष्ट

मेरोन्यूज २०८० मंसिर २२ गते १८:५६

सिरहा । सिरहाको लहान नगरपालिका-७ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा आगलागी हुँदा फर्निचर तथा स्टेसनरीका करिब ५ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

विद्युत तार सर्ट भई शुक्रबार बिहान आगलागी भएको हो ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया