शनिबार, वैशाख २२, २०८१

विभिन्न ठाउँमा चारजना मृत फेला

मेरोन्यूज २०८० मंसिर २२ गते १८:३२

काठमाडौं। विभिन्न ठाउँमा चारजना मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

ललितपुर, ललितपुर महानगरपालिका-२६ राजकुलो सुनाकोठी बस्ने मकवानपुर बकैया गाउँपालिका-१० घर भएका ४० वर्षीय दशरथ सन्जेल आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वत, फलेबास नगरपालिका-५ खानिगाउँ भोकेखोला बस्ने ३६ वर्षीय खुम बहादुर बिक सोही नगरपालिका-३ स्थित दयाराम पराजुलीको छाप्रोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरा घाटस्थित कोशी नदीको किनारमा उदयपुर बेलका नगरपालिका-८ बस्ने ६१ वर्षीय लक्षु कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कोशी नदीमा माछा मार्न जान्छु भनि हिँडेका उनी गत ११ गतेदेखि बेपत्ता भएका थिए ।

कास्की, पोखरा महानगरपालिका-१९ पुरनचौर गुठी बस्ने ६२ वर्षीय बेल बहादुर अधिकारी सोही ठाउँस्थि भिरबाट करिब ७० मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया