शुक्रबार, फागुन १८, २०८०

पशुपतिक्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

मेरोन्यूज २०८० मंसिर २१ गते ७:२४

काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा एक साताका लागी मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ ।

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले विहिबार एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ ।

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख छ। 

Advertisement

प्रतिक्रिया