शुक्रबार, फागुन १८, २०८०

नव विवाहित जोडीलाई बुद्ध एयरले हनिमुनका लागि नि:शुल्क टिकट दिने

मेरोन्यूज २०८० मंसिर २० गते १६:२९

काठमाडौँ । बुद्ध एयरको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।

बुद्ध एयरले बुधबार एक विज्ञप्ति जारी गर्दै नव विवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।

यसका लागि बेहुला-बेहुलीले विवाह गरेको दिनको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

प्रतिक्रिया