शुक्रबार, फागुन १८, २०८०

रुसी सेनामा नेपाली युवा पठाउने १२ जना पक्राउ

मेरोन्यूज २०८० मंसिर २० गते ९:४८

काठमाडौं । रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

उनीहरू रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया