एमालेको सङ्कल्प यात्रा आठौँ दिनमा कास्कीमा

गण्डकी । नेकपा (एमाले)को मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ स् समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ ।
यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्राअन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
शुक्रबार बिहान पोखराको अमरसिंहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ । “हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, गुरुङले भने, “स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षज्यूले अन्तक्र्रिया गर्नुहुनेछ ।”
सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।
पत्रकार भेटघाटका क्रममा एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा सुरु गरिएको बताए । सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उनले बताए ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया