बिहीबार, वैशाख २०, २०८१

रणवीरकाे ‘एनिमल’ ले दुई दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० मंसिर १७ गते १८:०२

काठमाडौं । रणवीर कपूर र रश्मिका मन्दाना स्टारर फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ ।

फिल्मले २ दिनमै विश्वभर २३६ करोड भारु कमाएर शाहरुख खानको फिल्म जवानलाई पछाडि छोडेको छ । फिल्मले भारतमा मात्र २ दिनमा सय करोड कमाएको छ ।

फिल्मले पहिलो दिन शुक्रबार विश्वभरबाट ११६ करोड भारु कमाएको थियो ।

यस्तै दोस्रो दिन फिल्मले भारतमा मात्र ५९ करोड कमाएको थियो भने विश्वभरबाट गरेर कुल ११५ करोड भारु कलेक्शन गरेको थियो ।

शुक्रबार र शनिबारको तुलनामा आइतबार अर्थात आज फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया