बिहीबार, वैशाख २०, २०८१

चितवनमा बोरामा भेटिएका शवको भएन पहिचान, प्रहरीले सार्वजनिक गर्‍यो स्केच

मेरोन्यूज २०८० मंसिर १७ गते १७:१९

चितवन । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले गत मंसिर ६ गते भरतपुर-१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो। तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया