शुक्रबार, फागुन १८, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेजमा आगो लाग्याे

मेरोन्यूज २०८० मंसिर १७ गते १२:४७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रुले बोकेको लगेजमा आगो लागेको छ।

आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यात्रुले बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला उनको लगेजमा आगो लागेको थियो ।

लगेजमा लागेको आगो तत्कालै निभाइएको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement

प्रतिक्रिया