मंगलबार, जेठ १, २०८१

माओवादी र नेसपाबीच फागुनभित्रै एकता गर्ने तयारी

प्रचण्डपछिको दोस्रो वरियतामा रहेर बाबुराम भट्टराईले वैचारिक कार्यक्रमको नेतृत्व लिने समझदारी

शितल शर्मा २०८० मंसिर १३ गते २०:५५
फाइल फोटो (बीचमा बाबुरामको नाति)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच फागुन महिनाभित्रै पार्टी एकता गर्ने गरी तयारी अगाडी बढेको छ ।

Advertisement

दुबै पार्टीले पार्टीको नाम, झण्डा, चुनाव चिन्ह्र, पार्टीको कार्यदिशा लगायतका विषयमा शीर्ष नेतृत्वमै छलफल गरेर टुंग्गो लगाउने र फागुनभित्रै एकता गर्ने गरि तयारी अगाडी बढेको नेसपाका एक नेताले जानकारी दिए ।

उनका अनुसार पार्टीको नाम नेकपा (समाजवादी) राख्ने र चुनाव चिन्ह्र भने दुबै पार्टीले अहिले प्रयोग गरिरहेको भन्दा फरक राख्ने गरि छलफल अगाडी बढेको छ । अहिले नेकपा (माओवादी केन्द्र)ले गोलाकारभित्रको हसियाँ हथौडा र नेसपाले आँखा चुनाव चिन्ह्र प्रयोग गदैं आएको थियो । तर नेसपाले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा माओवादीको चुनाव चिन्ह्रमा चुनाव लडेको थियो ।

बाबुरामले पहिले नेपाल कम्युनिष्ट पार्टी नस्वीकार्ने बताएपनि उनी अब नेकपालाई स्वीकार गरेर अगाडी बढ्न तयार भएका छन् । बाबुरामको पार्टीले बाबुरामकै नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाईसकेको छ । माओवादी केन्द्रले पनि अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको युएई भ्रम्ण लगत्तै प्रचण्डकै नेतृत्वमा शीर्ष कार्यदल बनाएर दुवै पार्टीका बीचमा छलफल गर्ने तयारी गरेको छ ।

दुबै पार्टीका वार्ता टोलीले औपचारिक अनौपचारिक तहमा गरेको वार्तामा प्रचण्डले समग्र पार्टी र संगठनात्मक नेतृत्व लिने र प्रचण्ड पछिको दोस्रो वरियतामा रहने गरि बाबुराम भटटराईलाई पार्टीको वैचारिक कार्यक्रमको नेतृत्व गर्न दिने गरि समझदारी बनिरहेको छ ।

माओवादी केन्द्रमा अहिले प्रचण्ड पछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् ।
२०७२ साल असोज ९ मा बाबुराम तत्कालिन एकीकृत माओवादीसँग अलग भएका थिए । माओवादीलाई स्टिकर लागेको रातो घर भनेर बाबुराम नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेर हिँडेका थिए । तर उनी त्यसरी जान सफल नभएको र प्रचण्डको पार्टी पनि दिनहुँ कमजोर बन्दै जान थालेपछि दुबैले एकताको आवश्यकता महसुस गरेका हुन् ।

त्यही आधारमा ८ वर्षपछि फेरि बाबुराम र प्रचण्ड मिलेर नयाँ शिराबाट पार्टी अगाडी बढाउन चाहेका हुन् ।
नेसपाका सहअध्यक्ष तथा वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठका अनुसार, अब प्रधानमन्त्री कोप(२८ बाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्छ । माओवादीले पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाउँछ । त्यसैले नेताहरुको व्यवस्थापन लगायत सबै विषयमा छलफल गरेर जाने तयारी भएको छ ।

नेताहरुका बीचमा मोटामोटी फागुनभित्रै पार्टी एकता गर्ने बारेमा भने करिव सहमति बनेको छ ।

पार्टीको नाम, झण्डा र संगठनात्मक संरचनाबारे संयोजन समितिले टुंग्गो लगाउने छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया