मंगलबार, जेठ १, २०८१

दुर्गा प्रसाईंको आन्दोलन मथ्थर, ‘स्वरुप फेर्ने’बारे छलफल

आन्दोलनमा सहभागीहरुका तीन थरी मत, सबै आ-आफ्नो रोटी सेकाउने तरिकाले आएको प्रसाईं समुहको विश्लेषण

शितल शर्मा २०८० मंसिर १० गते १५:५२

काठमाडौं । ब्यवस्था नै उल्टाउने र पूनः राजतन्त्र स्थापना गर्ने उदेश्यले दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मथ्थर भएको छ ।

Advertisement

अभियान घोषणको चौथो दिनमै आन्दोलन निष्प्रभावी बन्न पुगेको हो । आन्दोलनमा सहभागिता नै ‘लाजमर्दाे’ देखिन थालेपछि प्रसाईंले बुद्धिमतापूर्वक आजका लागि तय भएका कार्यक्रम आफैै स्थगित गरेका छन् । अर्थात, प्रसाईले आज भक्तपुरमा मोटरसाइकल ¥याली निकाल्ने र प्रसाईंको घर छेउमा प्रर्दशन गर्ने कार्यक्रम बनाएका थिए ।

तर दिनुहँ मानिस घटने र आज त झन् उपस्थिती नै लाजमर्दाे देखिने अवस्था आएपछि कार्यक्रम नै प्रसाई समुहले स्थगित गरिएको छ । प्रसाई समुहले अबको आन्दोलन थप प्रभावकारी बनाउने विषयमा छलफल चलिरहेकोले आन्दोलन केही मथ्थर जस्तो मात्र देखिएको तर नरोकिएको प्रष्टीकरण दिएका छन् ।

यधपी, प्रसाईंका कार्यक्रमका लागि ७ मंसिरमा काठमाडौंमा उपस्थित मानिसहरुका बीचमै आन्दोलन के का लागि ? किन प्रर्दशनमा उत्रिएको भन्ने बुझाईमा नै एकरुपता थिएन । विचारमा एकरुपता नभएको र अन्टसन्ट बोलेर चर्चामा आईरहन रुचाउने मेडिकल ब्यवसायी प्रसाईंको नेतृत्वको आन्दोलन मियो बिनाको जस्तो बन्न पुगेको थियो ।

खासगरी प्रसाईंले थालेको नागरिक बचाउ महाअभियानमा तीन थरि मान्छेहरुको सहभागिता रहेको स्वयम प्रसाई समर्थकहरुले पनि स्वीकार गर्न थालेका छन् । पहिलो गणतन्त्र फेर्ने, राजतन्त्र पूर्नस्थापना गर्ने । दोस्रो, ब्यवस्था भन्दा पनि जनताको अहिलेको अवस्थामात्रै परिवर्तन गर्नुपर्ने र तेस्रो, प्रसाई आफैले लिएको ऋण जस्तै बैंक तथा वित्तिय सस्था, लघुवित्तहरुबाट जनताले लिएको २० लाख सम्मको जनताको ऋण मिनाह गर्ने ।

यही तीन थरी उदेश्य बोकेर प्रसाईंका कार्यक्रममा मानिसहरुको उपस्थिती थियो । आन्दोलनमा सहभागी भएका बुहसंख्यकलाई ब्यवस्थासँग कुनै साइनो सम्वनध थिएन । मात्र उनीहरुलाई आफनो अबस्था कसरी फेर्न सकिन्छ ? बैक तथा वित्तिय सस्था तथा लुघवित्तहरुको ऋण मिनाह कसरी गराउन सकिन्छ भन्ने मात्र ध्येय देखिन्थ्यो ।

जिल्ला जिल्लाबाट काठमाडौं उतारिएका अधिकाशं जसो मानिसहरु ऋण मिनाहकै लागि भन्दै काठमाडौं आएका थिए । प्रसाईंको नेतृत्वमा आफुहरुले लिएको ऋण मिनाह हुने आशमा उनीहरु काठमाडौं आएका थिए । तर, प्रसाईंको आन्दोलनमा सहभागिता जनाएका कतिपयले ७ मंसिर देखिका थप ४ दिनमा आफुमाथीको ऋण मुक्ति हुने दिनको छेकछन्द नै पनएपछि उनीहरु तितरवितर र लाखापाखा लगेका थिए ।

प्रसाईको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का प्रवक्ता राजानन्द माण्डब्यले पनि आन्दोलनमा तीन थरी मतसहित मानिसहरु सहभागी भएको स्वीकार्छन् । ‘हाम्रो आन्दोलनमा ‘कोही राजतन्त्रको एजेण्डा बोक्ने, कोही अवस्था परिवर्तन भन्ने, कोही ऋण मिनाहा भन्ने खालका आए । यो अभियानमा सबै आ(आफ्नो रोटी सेकाउने तरिकाले आए । त्यसरी आन्दोलन हुँदैन । त्यसैले आन्दोलनको खाका परिवर्तन गराउनुपर्ने भएकाले हामीले थोरै रेस्ट गरेका छौं ।’ माण्डब्यले भने ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया