सोमबार, वैशाख २४, २०८१

प्रधानमन्त्रीसँग को- को जाँदैछन् युएई ?

मेरोन्यूज २०८० मंसिर ९ गते २०:१३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आगामी मंसिर १३ गते संयुक्त अरब इमिरेट्स (युएई) जाँदैछन् ।
संयुक्त राष्ट्रसंघीय जलबायु परिवर्तनको २८ औं सम्मेलन (कोप–२८)मा नेपाली टोलीको नेतृत्व गरेर प्रधानमन्त्री युएई जान लागेका हुन् ।

Advertisement

यसपटक नेपाली प्रतिनिधिमण्डलकोनेतृत्व प्रधानमन्त्री प्रचण्ड आफैले गर्न लागेका हुन् । उनले यो सम्मेलनलाई निक्कै अर्थपूर्ण रुपमा लिने र सम्मेलनमा नेपालले प्रष्टसाग आफनो धारणा मुखरित गर्ने बताउँदै आएका छन् ।

उनी १७ मंसिरमा मात्रै स्वदेश फर्किने छन् ।

उनीसँग १० जनाको टोली त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आफनो भ्रमण टोलीको सदस्य सकभर सानो, भरपर्दाे र छरितो बनाउन गरेको आग्रहका आधारमा प्रधानमन्त्रीको सचिवालयले जाने टिमको तयारी थालेको छ । यधपी, को को जाने भन्ने बारेमा मन्त्रिपरिषद्ले कुनै निर्णय भने लिईसकेको छैन ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीबाहेक बढीमा १० जना भन्दा ठूलो टिम नबनाउन निर्देशन गरेको सचिवालय स्रोतले बताएको छ ।

प्रधानमन्त्रीसँग प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, प्रधानमन्त्रीका विकास ब्यवस्थापन तथा वातावरणविद् डा पपुलर जेन्टल भुसाल, बन तथा वातावरण मन्त्री वीरेन्द्र महतो, बन तथा वातावरण सचिव दीपककुमार खराल र अर्थ सचिव कृष्णहरी पुष्कर भ्रमण टोलीमा पर्नेछन् ।

प्रधानमन्त्रीको टोली बाहेक पनि बन तथा वातावरण मन्त्रालयले नीति निर्माण गर्ने ब्यक्तिको छुट्टै टोली बनाएको छ । यसरी नेपालबाट प्रधानमन्त्रीको तहमा र बन मन्त्रालयको तहमा गरी दुई टोली कोप सम्मेलनमा भाग लिनेछन् ।

सम्मेलनमा नेपालले आफनो तर्फबाट जलबायु परिवर्तनमा गरेका कामको विभिन्न ३६ वटा प्रस्तुती दिने तयारी गरेको छ ।

प्रधानमन्त्रीले त्यहाँ रहँदा विभिन्न देशका प्रतिनिधिहरुसँगको उच्चस्तरीय भेटघाट पनि गर्नेछन् ।

प्रतिक्रिया