आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री दाहाललाई सम्मान

मेरोन्यूज २०८० मंसिर ६ गते १५:३५

काठमाडौँ । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।

Advertisement

शङ्खधर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री दाहाललाई सम्मानपत्र प्रदान गरे। उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकामा प्रधानमन्त्री दाहाललाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो ।

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्बाट उक्त ऐतिहसिक निर्णय गराउनुभएकामा प्रधानमन्त्री दाहाललगायत मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ ।

प्रतिक्रिया