आइतबार, जेठ ६, २०८१

भारतले उपहार दिएका मुर्रा राँगा आज नेपाल आइपुग्दै

मेरोन्यूज २०८० मंसिर ६ गते १३:३६

काठमाडौं । भारत सरकारले उपहारस्वरूप दिएका १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै छ ।

Advertisement

नेपालगन्जको जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल भित्र्याउन लागिएको पशु सेवा विभागले जनाएको छ ।

आज आइपुग्ने राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने बताइएको छ ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाललाई १५ मुर्रा जातका राँगा दिने सम्झौता भएको थियो ।

प्रतिक्रिया