शनिबार, मंसिर २३, २०८०

दुर्घटनामा दुईजनाको मृत्यु

मेरोन्यूज २०८० मंसिर ४ गते २०:२२

लुम्बिनी । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु ४९ प २२३० नंको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ना६ख ८१६१ नं ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकारसमेत रहेका देवकोटा सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रतिक्रिया