शनिबार, मंसिर २३, २०८०

राष्ट्र बैंकले २३ अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

मेरोन्यूज २०८० मंसिर ४ गते १७:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

बैंकले सोमबार आगामी मंसिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन प्रकारमा कुल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो ।

बैंकले जारी गरेको सूचनाअनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ ।

२८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाइएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

ईच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री मंसिर ५ गते हुनेछ ।

प्रतिक्रिया