कृष्णभिरमा मृत भेटिए पत्रकार प्रकाश ढकाल
मेरोन्यूज
२०८० मंसिर ४ गते १५:३८

काठमाडौं । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव त्रिशूली नदी किनारको खोचमा फेला परेको थियो ।
ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया