सोमबार, जेठ ७, २०८१

भूकम्पपीडितका लागि सरकारको कोषमा १५ करोड बढी रकम जम्मा

मेरोन्यूज २०८० मंसिर ३ गते १३:१९

काठमाडौं । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्प पछिको राहत तथा उद्धारका लागि सरकारले हालसम्म १५ करोड बढी रकम संकलन गरेको छ ।

Advertisement

भूकम्पपछि सरकारले प्रधानमन्त्री दैवी कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो। उक्त कोषमा मंसिर १ गतेसम्म १५ करोड २८ लाख २९ हजार ३०५.५ रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे हाे।

कोषमा हालसम्म ५८ व्यक्ति तथा संस्थाले नगद सहयोग गरेका छन्।

प्रतिक्रिया