सोमबार, जेठ ७, २०८१

जाजरकोटको भेरी नगरपालिकाले स्थगन गर्‍यो राहत सामग्री वितरण

मेरोन्यूज २०८० कार्तिक २७ गते १९:४२


काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाले राहत सामाग्री वितरण कार्य स्थगन गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै राहत सामाग्री वितरण कार्य स्थगन गरेको हो ।

Advertisement

गत कार्तिक १७ गते राति गएको भुकम्प बाट जिल्लामा ठुलो धनजनको क्षति भई प्रभावित परिवारहरूलाई राहत वितरण गर्दै आएकोमा तथ्यांकहरूको एकिन गर्ने भन्दै वितरण कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।

साथै राहत अपुग भएका अति संवेदनशील गर्भवती तथा सुत्केरी महिला र दिर्घरोगीहरूले आफ्नो विरामी पहिचान गर्ने सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण र सम्बन्धित वडा कार्यालयको सिफारिस सहित निवेदनका साथ मात्र कार्यालयमा सम्पर्क राख्न र अन्य राहत प्राप्तिका विषयमा जानकारी लिन आ आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया