सोमबार, वैशाख २४, २०८१

तिहारपछि के फेरिँदैछन् मन्त्रीहरु ?

मेरोन्यूज २०८० कार्तिक २५ गते ११:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको दश महिना पुगेको छ । सरकारका काम अझ बढी प्रभावकारी बनाउने र सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीलाई उर्जा भर्ने र काम देखाउन नसकेका मन्त्रीहरु फेरेर अर्काे मन्त्री ल्याउने विषयमा पारम्भिक छलफल शुरु भएको छ ।

Advertisement

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तासिन रहेको प्रमुख सहयात्री दल कांग्रेसभित्रै मन्त्री फेर्नेबारे छलफल छ । तर प्रधानमन्त्रीको इच्छाले मात्रै मन्त्रि हेरफेरको सम्भाबना रहने हुन्छ ।

सोही कारण प्रधानमन्त्रीलाई मन्त्रीहरु हेरफेरका लागि आफनो पार्टीबाट मात्र होइन, कांग्रेसबाट पनि ‘प्रेसर’ पर्न थालेको छ । दशैं अगाडीसम्म दशैंपछि सरकार नै के हुन्छ ? यो सरकार ढले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने जस्ता प्रश्नहरु राजनीतिक वृत्तमा उठ्न थालेका थिए ।
तर सत्ता विरिक्तिन थालेको सत्ता गठबन्धनका नेताहरु फेरि सम्हालेर गठबन्धन अझ बलियो बनाउने करिव समझदारीमा पुगेपछि भने सत्ता गठबन्धन तत्काल नटुटने विश्लेषण राजनीतिक बृतमा देखिएको छ । त्यसमाथी पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिले पनि सरकारलाई आइपर्नसक्ने सत्ता संकट टरेको छ ।

कोशीमा विथोलिएको सत्ता गठबन्धनको राजनीति फेरि सम्हालिन थालेपछि भने गठबन्धन तत्काल केही नहुने देखिएको छ । जसकाकारण पनि प्रधानमन्त्री प्रचण्ड ढुक्कै देखिएका छन् । तर प्रधानमन्त्रीमाथी अब तिहार पछि या मंसिर ११ मा सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेकोमा मन्त्रीहरु अदलबदल गर्नुपर्ने, हेरफेर गर्नुपर्ने प्रेसर बढ्न थालेको छ ।

प्रधानमन्त्री प्रचण्ड समेत मन्त्रीहरुको काम गराई हेरेर त्यसका आधारमा केही मन्त्रीहरु हेरफेर गर्न सकिने बुझाईमा पुगेका छन् । तर उनले यसबारेमा औपचारिक मुख भने खोलेका छैनन । गठबन्धन दलभित्रकै पार्टीहरुको प्रेसरका कारण पनि प्रधानमन्त्रीले तिहार पछि या सरकारको एक वर्ष पुग्ने पुस ११ आसपाससम्म सरकारका केही मन्त्रीहरु हेरफेर गरेर अगाडी जाने तयारीमा देखिएका छन् ।

खासगरी सत्ता गठबन्धनभित्र अर्थ मन्त्री र गृहमन्त्री पार्टीहरुकै बीचमा फेरबदल गर्नुपर्ने मतहरु पनि उठ्न थालेको छ । अर्थ माओवादी र गृह कांग्रेसलाई साट्नुपर्ने गरी गठबन्धनभित्रका केही नेताहरुले आवाज पनि उठाउन थालेका छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले गठबन्धनभित्र छलफल गरेर आवश्यक परे पूर्नविचार गर्न सकनिे आश्वासन कांग्रेसका नेताहरुलाई दिएको बालुवाटार स्रोत बताउँछ ।
‘प्रधानमन्त्री मन्त्रीहरुका पर्फमेन्स हेरेर केही हेरफेरको सोचमा हुनुहन्छ । सत्ता गठबन्धन दलभित्रै बाट पनि सरकारको वर्ष दिन आसपास या तिहारपछि केही मन्त्रीहरु हेरफेर गर्नुपर्ने गरी प्रेसर आउन थालेको छ,’ प्रधानमन्त्री निकट बालुवाटार स्रोतले भन्यो–‘उस्तै परे तिहार र छट पछि प्रधानमन्त्रीले केही मन्त्रीहरु हेरफेर गर्न सक्नुहुन्छ । त्यो प्रधानमन्त्रीको अधिकारको कुरा भयो ।’

प्रतिक्रिया