शनिबार, जेठ ५, २०८१

त्रिविको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्रीको संयोजकत्वमा समिति गठन

मेरोन्यूज २०८० कार्तिक २४ गते १७:४०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

Advertisement

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे रहेको समिति गठन गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषद्मा पेस गर्ने र उपकुलपति नियुक्त गरिनेछ ।

त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियोे ।

प्रतिक्रिया