शनिबार, जेठ ५, २०८१

सामुहिक बलात्कार गर्ने कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना

मेरोन्यूज २०८० कार्तिक २२ गते १९:५८

विराटनगर। सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ ।

Advertisement

सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो । बुधबार कैद सुनाएको हो ।

मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको जानकारी दिए ।

दुवै जनालाई जनही ३ लाख जरिवानासमेत भएको सुवेदीले जानकारी दिए ।

न्यायाधीश दाहालकै इजलासले उनीहरुलाई गत बुधबार कसूदार ठहर गरेको थियो । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक थिए ।

प्रतिक्रिया