शनिबार, जेठ ५, २०८१

जाजरकोट भूकम्प पीडितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब दिने

मेरोन्यूज २०८० कार्तिक २२ गते १७:४४

काठमाडौं । अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् ।

Advertisement

बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता गोपालप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवहरुबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन र अरु कर्मचारीहरुबाट १ दिनको तलब रकम सहयोग स्वरुप जम्मा गर्ने निर्णय पनि गरेको सर्वोच्च सहप्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया