आइतबार, जेठ ६, २०८१

जाजरकोटपछि बाजुरामा भूकम्पको धक्का

मेरोन्यूज २०८० कार्तिक २१ गते १३:५३

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

Advertisement

गत वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया