आइतबार, जेठ ६, २०८१

भुकम्पमा घाइते भएका १४६ जनाको डिस्चार्ज, ११० को उपचार जारी

मेरोन्यूज २०८० कार्तिक १९ गते १८:४६

काठमाडौँ । जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट घाइते भएका १४६ जना डिस्चार्ज भएका छन् । जाजरकोट, रुकुम पश्चिम, दैलेख र सल्यानका ११० जना घाइतेहरूको नेपालगन्ज, सुर्खेत, काठमाडौं, दाङ लगायतका अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

उपचार गराइरहेका घाइतेमध्ये जाजरकोटका ६० जना रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा २६, मेडिकल कलेज कोहलपुर नेपालगन्जमा २, प्रदेश अस्पताल सुर्खेतमा १८ र सम्बन्धित जिल्ला लगायत मातहतमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

रुकुम पश्चिममा ४५ जना घाइतेमध्य भेरी अस्पतालमा नेपालगन्जमा १३, प्रदेश अस्पताल सुर्खेत १४, टिचिङ अस्पताल काठमाडौंमा ८ र जिल्ला माहतमा १० जनाको उपचार भइरहेको छ।

दैलेखका १ र सल्यानका २ जना घाइतेको पनि अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । दैलेखका घाइतेको प्रदेश अस्पताल सुर्खेतमा र सल्यानका दुई जना घाइतेको सिटी अस्पताल तुल्सिपुर दाङमा उपचार भइरहेको गृहले बताएको छ।

प्रतिक्रिया