शनिबार, जेठ ५, २०८१

विश्वकप क्रिकेट : अफगानिस्तान र नेदरल्याण्डस भिड्दै

मेरोन्यूज २०८० कार्तिक १७ गते ९:२३

काठमाडौँ। जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र नेदरल्याण्डस आमने सामने हुँदैछन् । भारतको लखनउस्थित अटल बिहारी बाजपेयी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि शुरु हुने छ ।

Advertisement

जारि विश्वकपमा अफगानिस्तान अहिलेसम्म खेलेका ६ खेलमध्ये ३ जित र ३ हार व्यहोर्दै ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसले खेलेका ६ खेल मध्ये २ खेल जितेको छ भने ४ खेलमा हार व्यहोरेको छ ।

अफगानिस्तानले इङल्याण्ड, पाकिस्तान र श्रीलंका जस्ता ठुला देशलाई पराजित गरेर यस विश्वकपमा सनसनी मच्चाएको छ भने नेदरल्याण्डसले दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गरेको छ ।

यस विश्वकपका दुई जाइन्ट किलरबीचको यो खेल निकै रोचक हुनसक्ने अनुमान गर्न सकिन्छ । खासगरी सेमिफाइनल दौडको हिसाबले अफगानिस्तानका लागि यो खेल जित्ने पर्ने अवस्था रहेको छ । यो खेल जितेमा अफगानिस्तान सेमिफाइनलको दौडमा कायम रहने छ । त्यस्तै चार खेलमा हार बेहोरेकाले नेदरल्याण्डसको सेमिफाइनलको यात्रा त्यति सहज देखिँदैन ।

अफगानिस्तान र नेदरल्याण्डसबीच अहिलेसम्म ९ पटक एकदिवसीय खेलमा सामना भएको छ । जसमा अफगानिस्तानले ७ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेल जितेको छ ।

प्रतिक्रिया