शनिबार, जेठ ५, २०८१

श्रीलंका ५५ रनमै अलआउट भएपछि भारत ३२२ रनको अन्तरले विजयी

मेरोन्यूज २०८० कार्तिक १६ गते २०:४९

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका ५५ रनमै अलआउट भएपछि भारत ठूलो रन अन्तरले विजयी भएको छ ।

Advertisement

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले श्रीलङ्कालाई ३ सय ५८ रनको लक्ष्य दिएको थियो ।

तर, श्रीलंकाका कुनै पनि ब्याटरहरू भारतका बलरहरूसँग टिक्न नसकेपछि भारतले ३२२ रनको जित निकालेको हो ।

श्रींलकाका एङ्गेलो म्याथ्युले १२ रन र महेश थिक्सानाले १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद शामीले ५ र मोहम्मद सिराजले ३ विकेट लिए ।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिए ।

प्रतिक्रिया