शनिबार, जेठ ५, २०८१

नेपाल र युएइबीचको सेमिफाइनलमा ३५०० टिकट बेचिने

मेरोन्यूज २०८० कार्तिक १६ गते १७:५८

काठमाडौँ । काठमाडौंमा जारी आइसीसी टी २० विश्वकप एसिया छनोटका लागि सेमिफाइनल खेल शुक्रबार हुने भएको छ । नेपालले शुक्रबार चिरपरिचत प्रतिद्वन्द्वी युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ । नेपाल र युएईबीचको खेल भने मूलपानी क्रिकेट मैदानमा हुने छ ।

Advertisement

नेपाल समूह एको उपविजेता हो भने युएई समूह बीको विजेताको हैसियतले सेमिफाइनल खेल्न लागेका हुन् ।

जारी टी २० विश्वकप क्रिकेटको टिकेटिङ पार्टनरको रुपमा रहेको आइएमई पेले शुक्रबार हुने नेपाल र युएईबीचको सेमिफाइनल खेलका लागि जम्मा ३५०० मात्रै टिकट विक्री गर्ने जनाएको छ ।

स्थान अभावका कारण आइमई पे ले अनलाइनमार्फत उक्त टिकट विक्री गरिने जनाउँदै मैदान बाहिर कुनै पनि टिकट स्टल नहुने पनि एक सूचनामार्फत जनाइएको छ ।

ओमान र बहराइनबीचको सेमिफाइनल भने त्रिवि क्रिकेट मैदानमा हुने छ ।

प्रतिक्रिया