शनिबार, जेठ ५, २०८१

रिगललाई तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश

मेरोन्यूज २०८० कार्तिक १६ गते १६:०२

काठमाडौं । योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गरी थुनामा राख्न सर्वोच्च अदालतले निर्देशन दिएको छ । नेपालगञ्जका चेतन मानन्धलेरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्चले तत्काल पक्राउ गरी थुनामा राख्न उत्प्रेषणको आदेश दिएको हो । ।

Advertisement

न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको हो ।

अदालतको आदेशसँगै प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’ प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया